कोरोनाभाइरस सावधानी २०२०: टोक्योमा पर्यटक आकर्षणहरू बन्द

  • NEWS
  • TRAVEL
  • Information as of February 26th 2020. Updates will be added to this article.

    by Zoria Petkoska

    कोरोनाभाइरस, जुन विज्ञानको समुदायमा कोभिड १९ परिचित छ, यसले धेरै चिनियाँ शहरहरूमा अभूतपूर्व तालाबन्दीमा लगाएको छ। त्यहाँ पछि सिंगापुर, हंगकंग, मकाउ, ताइवान, दक्षिण कोरिया र अहिले जापानमा सुरक्षा उपायहरू अपनाउन थालिएको छ। एसिया बाहिर, इटालीमा संक्रमणको पुष्टिमा तीव्र वृद्धि देखेको छ र उत्तरि भागमा केहि क्षेत्रहरू क्वारेन्टनाइ गरिएको छ।

    भाइरसको ’boutमा विश्व स्वास्थ्य संगठन जस्ता विश्वसनीय स्रोतहरूबाट आफूलाई कसरी सुरक्षित गर्ने ’boutमा थप जान्नुहोस्।

    अन्य जानकारी संगसगै, अहिले COVID-19 प्रकोपको बीचमा यात्रा गर्दा अपनाउनु पर्ने साबधानीको लागि समर्पित सेक्सन छ।
    https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019/travel-advice

    यसै बीचमा जापानले बिस्तारै कर्नोभाइरस प्रकोपलाई नियन्त्रणमा राख्न वा कम गर्नको लागि सूट र स्क्र्याम्बलको अनुसरण गर्दैछ। यो बाक्लो जनसंख्या भएको देशको लागि निकै गाह्रो काम हो। विशेष गरी टोकियो जुन यहाको प्याक हुने रेलहरू र पर्यटकहरूको आकर्षणको भिडको लागि कुख्यात छ। अझ यो निकै नराम्रो समय हो किन भने हामी चेरी ब्लसम सिजन(साकुरा) र आउँदो गर्मीमा निर्धारित ओलम्पिक र प्यारालम्पिक खेलको नजिक छौं। यद्यपि जापानी सरकारले कम्पनीहरू र उनीहरूका कामदारहरूलाई घरबाटै काम गर्न आग्रह गरिसकेको छ, र जो कोही काममा जान आवश्यक छ भने ब्यस्त समयको ट्रेनबाट टाढा रहनको लागि लचिलो समय तालिकाहरू अपनाउन अनुमति दिन थालिएको छ। JR पूर्वी ट्रेनहरूको अहिले ट्रेनमा त्यस्तै सन्देशको घोषणा छ। स्कूलहरू बन्द भइरहेको छ, स्नातक समारोह रद्द भएका वा छोट्याइएका छन्, र सबै ठूला जमघटहरू सीमित गरिएका छन्। यस महत्वपूर्ण चरणमा भाइरस फैलिन रोक्नको लागि, टोकियोमा धेरै प्रमुख पर्यटक आकर्षणहरू बन्द हुन थालेका छन्।

    जिबिली संग्राहलय

    यस काल्पनिक संग्रहालयको टिकटहरू पहिले पनि प्राप्त गर्न निकै कठिन थियो। जिब्ली संग्रहालय अस्थायी रूपमा फेब्रुअरी २५ देखि मार्च १७ सम्म बन्द रहनेछ भनेर थाहा पाउँदा मानिसहरू निराश हुन सक्छन्। आफ्नो आधिकारिक बयानमा तिनीहरूले यो पनि भने कि टिकट किनेकाहरुले पछिल्लो मितिमा अर्को टिकट नभएर पैसा पूर्ण फिर्ती पाउनेछन्। पैसा फिर्ती प्रक्रिया विवरणहरू यहाँ फेला पार्न सकिन्छ: http://www.ghibli-museum.jp/en/notice/013230/

    हेल्लो किटि, सांरियो पुरोल्याण्ड

    यो अर्को मनपराईने ठाउ हो (विशेष गरी बच्चाहरूको माझ)जुन अस्थायी रूपमा ढोका बन्द गरिने निर्णय गरियो। पुरोल्याण्ड फेब्रुअरी २२ देखि मार्च १२ सम्म बन्द रहनेछ। जिबिली जस्तै, तिनीहरूले पनि सबै टिकट पूर्ण फिर्ता गर्ने जनाएका छन्।
    यस्ता थिम पार्कहरू तिनीहरूको प्रकृति र उनीहरूले आकर्षित गर्ने भीडको कारण विशेष गरी खतरनाक थियो। धेरैलाई पुरोल्याण्डको सबैभन्दा प्रिय गतिविधिहरू मध्ये एक हेलो किट्टी मास्कटलाई अङ्गाल्न पाउनु हुदै आएको थियो।
    यहाँ आधिकारिक प्रेस विज्ञप्ति जारी छ:
    http://www.ghibli-museum.jp/en/notice/013230/
    —–

    यद्यपि यसको तुलनामा डिज्नेल्याण्ड जापानले आगन्तुकहरुलाई अस्वस्थ महसुस भएमा उनीहरूको सहयोग लिन, हाते सेनिटाइजर प्रयोग गर्न केवल चेतावनी दिएका छन र स्टाफका सदस्यहरूले अनुहार मास्क लगाएका छन् भनेर पनि उनीहरूले जानकारी दिएका छन्।

    सिन्जुकु कमेडी क्लब

    यो जापानी उपसंस्कृतिको एक रमाइलो ठाउ पनि सरकारको निर्देशन अनुसार कार्यक्रमहरू रोक्ने निर्णय गरेको छ। शिन्जुकु कमेडी क्लबले मूल रूपमा प्रत्येक बुधवार अंग्रेजीमा प्रदर्शन गरिन्छ। उनीहरूले फेब्रुअरी २६मा बन्द रहने जानकारी दिएका छन्। आउने अर्को बुधवार खुला छ वा छैन भनेर निर्णय गरिएको छैन। तिनीहरूले सबै टिकटहरू पूर्ण फिर्ता गर्नेछन्।

    https://www.comedyclub.tokyo/

    यसको मतलब यो छ कि साना समारोह र भेलाहरू पनि भाइरसको फैलावट रोक्न मद्दतको लागि रद्द हुन थालिएको छ, किनकि सानो ठाउँमा मानिसहरू धेरै घुलमिल हुने हुनाले कुनै संक्रमण वा रोग फैलाउन सक्ने ठूलो जोखिम हुन्छ।

    टोकियो बिग साईट र मखुहारी मेसे ईभेण्ट्स

    टोकियोमा सबैभन्दा धेरै ईभेण्ट हुने-ओदाईबा र चिबाको मकुहारी मेसे नजिक टोकियो बिग साइटमा – आउँदै गरेको केहि निर्धारित ईभेण्टहरु रद्द भैसकेका छन्, र चलिरहेको मेलाहरूमा धेरै प्रदर्शकहरूले प्रदर्शन गर्न रोकेका छन्। व्यक्तिहरू भीडबाट बच्न थालेका छन्, त्यसैले उपस्थिति संख्या पनि पातलो हुँदै गइरहेको छ। यद्यपि कहिलेसम्म तिनीहरू प्रभावित हुन्छन् भन्ने कुरा स्पष्ट छैन।

    टोकियो महानगरपालिकाले प्रायोजन गर्ने समारोह

    टोक्यो महानगरपालिकाले जिम्मेवारि बहनगरि लिईरहेको छ। उद्वारा प्रायोजित घटनाहरू रोकिरहेको वा कम्तिमा तिनीहरूलाई स्थगित गर्ने वा व्यक्तिको क्षमता सीमित गर्ने गरिरहेको छ। तिनीहरू सेमिनारहरू, खेलकुद खेलहरू, कार्यशालाहरू, मौसमी चाडहरू र त्यस्तै अन्य समारोह रद्द गर्दैछन्। यहाँ एक सूची छ https://www.seisakukikaku.metro.tokyo.lg.jp/information/event02.html जुन समय समयमा अपडेट हुँदैछ। (जापानी मात्र)

    टोकियो म्याराथन र टोकियो ओलम्पिक

    कोरोनाभाइरस प्रकोपको पहिलो प्रभाव मध्ये एउटा घोषणा थियो कि टोकियो म्याराथनलाई सामान्य सहभागीहरूको लागि रद्द गरिनेछ। यो कुल रद्द होइन, किनकि २०० भन्दा बढी एलिट धावकहरूलाई भाग लिन अनुमति दिइनेछ, तर त्यहाँ ३९००० मानिसले भाग लिने तय थियो र अब उनीहरुलाई अनुमति छैन। जे होस्, तिनीहरू २०२१ मा सहभागी हुन अनुमति दिइनेछ जबसम्म तिनीहरूले २०२१ कार्यक्रमको लागि आवश्यक शुल्कहरू तिर्ने गर्दछन्।

    जापानी अधिकारीहरूले सबैभन्दा डरलाग्दो परिस्थिति भने – २०२०’को ओलम्पिक र प्यारालम्पिक खेलहरूको भबिस्यलाई लिएर भोग्नु पर्ने छ। अहिले यहाँ आउन लागेको ओलम्पिक रद्द गरि २०२१ मा सार्ने वा अन्य कुनै सहरले यसको प्रायोजन गर्ने भनेर निकै अफ्वाहा फैलिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक समितिले यस ’bout आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गरेको छ। धेरैले अनुमान गर्छन् यो निर्णय गर्न अहिलेनै निकै चाँडो भएको छ।

    Coronavirus: What Does the Tokyo Marathon’s Cancellation Mean For the Olympics?


    समय बित्दै जाँदा थप समयहरू रद्द हुनसक्दछन्, वा यदि परिस्थितिहरू राम्रो हुँदैआएमा भने केही बन्दहरू छोटो हुनेछन। यो वेबसाईट वा तपाईंले भ्रमण गर्ने योजना बनाउनु भएको स्थानहरूको सोशल मिडिया सधैं जाँच गर्नु राम्रो हुन्छ, ताकि तपाईं सम्भवतः आफ्नो दिन बर्बाद गर्नु पर्ने छैन। यहा खेलहरू र संगीत प्रदर्शनहरू रद्द भइराखेको वा स्थगित गरिएको छ, साथ साथै अन्य कार्यक्रमहरू जसले धेरै व्यक्तिलाई आकर्षित गर्दछ।

    यदि तपाइँ जापानको यात्रा गर्दै हुनुहुन्छ भने, तपाईको बीमाले वास्तवमा कभर गर्छ भनेर डबल जाँच गर्नुहोस्, विशेष गरी जब यो महामारी जता ततै फैलादैछ। सबैभन्दा माथि, सुरक्षित रहनुहोस्, सूचित रहनुहोस्, र नडराउनुहोस्।

    *Featured Image by bantersnaps
    : Unsplash/