ओकिनावा जापानी उष्णकटिबंधीय टापुहरूको एक सुन्दर समूह हो जुन ताइवानको नजिक छ। यो जाडोमा चिसोबाट बच्न र तातो मौसममा आराम गर्न खोज्नेहरूको लागि उपयुक्त छ। भव्य सेता बालुवा समुद्री किनार, स्वादिष्ट खाना, र धेरै कुरा गर्नका साथ, ओकिनावा छुट्टी मनाउनेहरूको लागि बिसेष छ। यो महान प्रान्तको अनौठो संस्कृति पत्ता लगाउन खोज्नेहरूको लागि धेरै लोकप्रिय गन्तव्य हो।
हातेरुमा टापु जापानको दक्षिणी टापु हो, इशिगाकी टापुबाट डुंगामा करिब डेढ घण्टा टाढा छ। यस मनमोहक र शान्त टापुको भ्रमण गर्नु शान्त ठाउ खोजीमा हुनेहरूका लागि उत्तम ठाउ हो। यहाँ गर्न सकिने ६ मजेदार चीजहरू जुन तपाईं एक दिनमा सबै गर्न सक्नुहुन्छ, त्यसको बिषयमा हजुरलाई बताउनेछु।
फेरी(डुङ्गा) पोर्टबाट थोरै मात्रको हिडाईमा एउटा ठाउँ छ जहाँ तपाईं दिनको लागि साइकल वा इलेक्ट्रिक साइकल भाँडामा लिन सक्नुहुन्छ। यस टापुको वरिपरि पुग्ने उत्तम तरिका हो किनकि चार घण्टामा यसको चारैतिर घुम्न सजिलो छ। हेटेरुमा टापुको प्राय सडकहरू यथोचित फ्ल्याटमा छन्, र साइकलिंग उत्तम ठाउँ हो वरिपरि जान र दृश्यहरू हेर्ने।
साईकल भाडामा लिने पसलबाट केहि मिनेट टाढा निशिहामा तट छ। यो सेतो बालुवा र कोमल छालहरूको एक सुन्दर खंड हो। हजुर आफ्नो साईकल छोडेर यो भव्य बीचमा टहलिनुहोस्; यो धेरै आरामदायी र स्फूर्तिदायी हुनेछ। यो तट प्रदुषणबाट निकै टाढा रहेकोले पनि हजुरले पक्कै पनि आफ्नो उत्क्रिस्ठ समय यहाँ व्यतित गर्न सक्नु हुनेछ।
हातेरुमा टापुमा हजुरले जता ततै बाख्राहरु देख्न सक्नु हुनेछ। साईकल चलाउदा होस् या हिड्दानै किन नहोस, यी बाख्राका साना र सेता पाठा पाठीले हजुरलाई लोभ्याउनेछ। यी जनावर मानिस देखि निकै डराउने हुनाले हजुर नजिक आउन खोज्दा भाग्ने छन्।
हातेरुमा टापुमा आधिकारिक रुपमा जापानको सबैभन्दा दक्षिनतिरको ईलाका पर्दछ। हजुर यो ठाउमा आफ्नो साइकल लिएर जान सक्नु हुनेछ। बाटो खासै राम्रो नभएपनि हजुरलाई त्यो साईकल यात्रा चुनौतिपूर्ण लाग्नेछ। हजुरले यहा समुद्रको छाल आएर तटमा ठोकिएको निकै लोभलाग्दो दृश्य देखिन्छ। अनि अर्को कुरा हजुर यो जापानको आधिकारी सबै भन्दा दक्षिन ठाउमा फोटो खिच्न नबिर्सिनुहोस।
टापुको बस्ति भएको गाउमा जानुहोस (यहाँ केहि घर मात्र छन्) र हजुरले त्यहाँ एउटा नया रेस्टुराण्ट देख्न पाउनु हुनेछ। यो रेस्टुराण्टको डेकोरेसन बीचको बातावरण संग निकै मिल्न जान्छ
हजुरले यहाँको स्पेसल परिकार याकिनिकु(पोलेको मासु) वा करी अर्डर गर्न सक्नु हुनेछ। यहाँ हजुरले खान ताबेहौदाईमा पाउनु हुनेछ। यो रेस्टुरान्त दिन भारको साईकल यात्राको थकान पछि जानु पर्ने निकै उत्तम ठाउ हो।
यो टावर बेलुकाको समयमा निकै सुन्दर देखिन्छ। यहाँ बाट हजुरले रातको समयमा निकै सुन्दर आकाश र तारा हेर्न सक्नु हुनेछ। यो ठाउ सहरमा हुने लाईट प्रदुषणबाट निकै टाढा रहेकोले राठी थुप्रै तारा देखिने भएको हो। यो टावर बाटको भ्यु हजुरले यदि यो टापु जानु भयो भने हेर्ने पर्ने एउटा दृश्य हो। भिडभाड बाट बन्चित यो ठाउमा आफ्नो आनन्दको समय व्यतित गर्नु होस्।
यो भव्य र अन्तर्निहित टापु, भ्रमण गर्न लायकको छ, चाहे तपाई ईशिगाकीबाट जहाजमा वा डुंगा लिनुहुन्छ। प्रेमका जोडीहरू वा यात्रा गर्ने साथीहरूको लागि उत्तम, यो विशाल र शान्त टापु शहर जीवनको तनाव कम गर्न अविश्वसनीय ठाउ शाबित हुएञ्छछ। तपाईंको यात्रा कार्यक्रममा जब तपाईं ओकिनावा र यसका सबै ठाउमा गरिनु पर्ने भ्रमण निश्चित गर्नुहोस्।