जापानको हिनामाचुरीमा खान पाईने तिन निकै स्वादिला मिठाई

  • CULTURE
  • EVENT
  • Nationwide
  • जापानमा मार्च ३ गते बालिकाहरुको चाड मनाइन्छ। यहि चाडको नाम हो हिनामाचुरी(雛祭り)।
    यो दिन मानिसहरुले साना बालिकाहरु उमेर संगै बढ्दै गएको जनाउन विभिन्न किसिमले सिङ्गारिएका र सजाइएका पुतलीहरु प्रयोग गरिन्छ। ति पुतलीलाई पुरानो हेइआन समयको कपडा लगाइएको हुन्छ। यी पुतलीहरु घरमा आरुको फुल संगै राखिएको हुन्छ। अनि यो दिन चामल बाट बनेको चारपाटे चिप्स पनि खाइन्छ। यो चिप्सलाई हिना आरारे भनिन्छ। तर यो दिन खाईने अरु थुप्रै लोकप्रिय मिठाईहरु छन् जुन हजुरले चाख्ने पर्ने हुन्छ।

    यस्तो पुतलीको परम्परा प्राचिन चीनबाट आएको हो भन्ने बिस्वास गरिन्छ। प्राचिन चीनमा पनि नराम्रो आत्माहरु बाट बच्न यस्तै चामलको पिठो बाट बनेको केक र रक्सि खाईने चलन थियो। हिनामाचुरिको दिन खाइने केहि मुख्य मिठाई निम्न छन्

    हिना-आरारे

    हिना-अरारे स-साना चामलका चिप्स हुन। नेपालीमा ठ्याकै भन्नु पर्दा यसको स्वाद भुजा(मुरई) जस्तै हुन्छ। यो निकै क्रंची हुन्छ र निकै मिठो पनि। यो तिन वटा भाग्यमानि रंगहरुमा आउदछ- सेतो, गुलाबी र हरियो।

    हिशी-मोची

    हिशी-मोची एक प्रकारको मोची हो। मोची एक प्राकारको चिप्चिपे चामल बाट बन्छ। यसलाई अंग्रेजीमा राईस केक पनि भनिने गरिन्छ। हिशी मोची ईट आकारको हुन्छ। यसमा पनि तिन भाग्यमानि रंग- गुलाबी, सेतो, र हरियो देख्नु हुनेछ। केकमा प्रत्यक रंगको एउटा पत्र भेटिन्छ। हिशी-मोची यहि मौसममा मात्र पाइने हुनाले पनि निकै बिसेष मानिन्छ

    साकुरा मोची

    यो पनि त्यहि चिपछिपे चामल बाट बनेको राईस केक हो। तर यसमा चाहि नाममा उल्लेख गरिए जस्तै साकुरा फुलको पातले बेरिएको हुन्छ। यो पातलाई नुनमा केहि दिन राखिएको हुनाले यो नुनिलो हुने गर्दछ। मोचीको गुल्लियो स्वाद र थोरै नुनिलो पातले यो मिठाई झन् स्वादिलो बनाउछ। त्यसमाथि साकुराको सुगन्धले यसलाई अझ बिसेष बनाउछ।

    हिनामाचुरीको थप जानकारी

    जापानमा हिनामाचुरी पुतली चाड निकै दुर्लभ ईभेंट हो जसमा हजुर घरमै पार्टि गर्न सक्नु हुन्छ। यदि हजुर जापानमा बस्नु हुन्छ भने यो चाड जापानी साथिहरुलाई घरमा बोलाउने अथवा हजुर कसैको घरमा जाने बिशेष मौका हुन सक्दछ।

    जापानमा आफ्नो बाल बच्चाको उमेर संगै बढ्दै गएको मौका छोपेर यी चाड मनाइन्छ। मार्च ३’मा बालिकाहरुको लागि हिनामाचुरी भए जस्तै मार्च १५’मा बालकहरुको लागि चाड हुन्छ। बयस्कहरुले यो चाड त्यति मनौदैनन तर यदि हजुरको बच्चा छन् भने, हजुर आफ्नो घर पारम्परिक गुडिया, पुतली र आरुका फुलले सजाउनु हुनेछ। पक्कैपनि सबैले यसरिनै आफ्नो घर सजाउने गर्दैनन् तर यो सामान्य चलन यो।

    जे भएता पनि हजुरले यी मिठाई खाएकोमा पछुतो भने गर्नु हुनेछैन।

    *Featured Image from AC photo
    : AC photo/