ब्रेकिङ्ग न्युज : कोरोन भाईरस्को केस जापानमा १००० पुग्यो

  • NEWS
  • Nationwide
  • TRAVEL
  • जापानली कोरोना भाइरसको सक्रमण फैलन नदिन अनेकौ रोकथामको उपाय अपनाए पनि यो भाईरस बाट संक्रमित मानिसहरुको संख्याले १००० नाघेको छ। यो संख्यामा यति मात्रामा उल्लेख्य बृदि भने डाईमनड प्रिन्सेस क्रुज जहाजमा भएका ७०६ जनाको केस थपिएर भएको हो।

    यी संख्यामा सबै भन्दा थुप्रै केस भएको प्रान्त उत्तरी जापानको होक्काइदोमा रहेको छ। यहाँ ७९ जना मानिसमा कोरोना भाईरस्को संक्रमण देखिएको हो। यहि कारणले पनि यहाँको प्रान्तीय सरकारले होक्काईदोलाई आपतकालीन अवस्थामा रहेको घोसणा गरेका छन्।

    by Martin Danker

    टोकियोमा पनि संक्रमण भएका मानिसको संख्या बढेर १४ पुगेको छ। गत हप्ता प्रधानमन्त्री आबेले सबै सार्बजनिक बिद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ। यो दुइ हप्ताको समयलाई निकै नै क्रिटिकल समय मानिएको छ। भनिन्छ यो दुई हप्ता भाईरस फैलन रोकथाम गर्न सके स्थितिमा निकै सुधार आउनेछ। तर अधिकारीहरु कोभिड-१९ नामक यो नया भाइरल रोकथाम गर्न अझ निकै समय लाग्ने जनाएका छन्।

    आबेले गरेको सो घोसणा संगै जन मानसमा यो कति बिकराल समस्या हुदै गएको भन्ने देखिन्छ। टोकियो डिजने रिसोर्टले आफ्नो मातहतको सबै पार्क दुइ हप्ताको लागि बन्द गर्ने जनाएका छन्। त्यसैगरी थुप्रै एइखाईवा (अंग्रेजी बोल्ने स्कुल) पनि दुई हप्ताको लागि बन्द गरिएको छ। थप टोकियोमा हुन लागेको धेरै ईभेंट पनि यो परिस्थितिले गर्दा रद्द भएका र हुने चरणमा छन्।

    यसकै कारणले २२ देशहरुले जापानबाट आउने पर्यटकहरुलाई भित्रिन बन्देज लगाएका छन् भने, ४० वटा देशले आफ्नो देशमा भितिएका जापानी पर्यटकलाई आगमन स्थलमा अनेकौ टेस्ट र क्वारेन्टाइन पछि मात्र छिर्न दिएका छन्। जापानलाई अमेरिकाले भने अहिले सम्म यो कडा परिक्षनगर्नु पर्ने बन्देज लगाएको छैन। तर रास्ट्रपति ट्रंपले जापानप्रति आफ्नो ध्यान खिचिएको बताएका छन्। यस्तै अवस्था भै रह्यो भने अमेरिकामा पनि कडा परिक्षन र क्वारेण्टाईन पछिमात्र छिर्न पाइने निर्णय भबिस्यमा लागु हुन सक्दछ।

    आबेको त्यो आपतकालीन घोसणा संग संगै जापानमा प्यानिक सपिङ्गको निकै ठुलो दृश्य देखियो। मानिसहरु आतिएर धेरै थोक किन्न थाले। साबि भन्दा बढी मानिसहरुले टोइलेट पेपर र टिसु किनेको देखियो। धेरै जसो सुपर मार्केटका पसलहरु एकै छिनमा रित्तिएको पाइयो। तर जापान सरकार लगायत अन्य कयौ श्रोतहरुले यी सामनहरुको कुनै मन्दी नहुने भएकोले यसरि आतिएर किन्नु नपर्ने बताएका छन्।

    *Featured Image by shinzoabe (安倍晋三) on Instagram
    : shinzoabe/