जापानको चार क्लासिक खाने कुरा जुन हजुरले जापानको बसाईमा मन पराउन थाल्नु हुनेछ

  • CULTURE
  • FOOD
  • जब तपाई नया देशमा अनेकौ शिलशिलाले आउनु हुन्छ, चाहे त्यो पढ्न होस् वा काम गर्न होस्, तपाइलाई पक्कै पनि त्यो नया ठाउमा घुलमिल गर्न निकै समय लाग्दछ। अझ यदि ति देशहरुको संस्कृति निकै फरक छ भने त यो निकै समस्याको बिषय बन्दछ। मा जापानमा पढ्न आएता पनि मेरा थुप्रै साथि हरु यहाँ काम गर्न आएका छन्। उनिहरुको अनुभबमा मैले निकै रोचक कथा भेट्ने गरेको छु। सबै जसोको प्रमुख बदलिने बानि भनेको खान पान पाएको छु। आफ्नो देशमा पाइने खाना र यहाँ पाइने खाना नमिल्ने हुनाले धेरैलाई खानाको बानि लगाउन निकै कष्टकर हुन्छ। तर मैले आफ्नो अनुभबमा जापानको केहि खाना निकै मन पराउदै आएको छु। मलाई निकै मिठो लाग्न थालेका खाने कुरा निम्न छन्

    मिसो

    34f810d0d7c4ccf6b9f7c6b92512f6c1_m

    जापान नआउन्जेल मलाई मिसो भनेको के हो भन्ने खासै थाहा थिएन। मलाई मिसो भनेको मिसो सुप मात्र थाहा थियो। त्यो पनि ठमेलको एउटा जापानी रेस्टुराण्टमा खाएको थिए। जापान आएपछि मात्रा थाहा पाए मिसो कसरि बन्छ र जापानी डाईटमा मिसोको भूमिका कत्तिको बेजोड छ भन्ने। मिसो जापानमा धेरै कुरामा प्रयोग गरिन्छ। मिसो दारे को याकितोरी होस् वा मिसो रामेन मा मिसोको पारखी भैसके भन्दा फरक पर्दैन। मिसो दलेको माछा वा सब्जी पोलेर वा ग्रिल गरेर खान निकै मिठो हुन्छ।

    नोरी

    d9b4a466ee37e400dec581c17c6f0850_m

    मलाई नोरी भनेको समुन्द्री लेउ हो भन्ने बितिक्कै यो चाही मा कहिले खाने छुइन जस्तो लाग्दथ्यो। त्यसमाथि नोरी निकै चाडो ओसिने कुरा हो। थोरै भिज्ने बित्तिकै यो गलेर लेउ जस्तै हुन्छ। ओनिगिरिमा पनि भातमा तासिएर गलेको ओनिगिरि खादा दात भर लागेको धेरै मान्छेको देखेको पनि छु। त्यसैले पनि मलाई नोरी खासै मन पर्दैन थियो। तर मैले जब जापानी हरुले नोरी नओसिने तरिकाले ओनिगिरि प्याक गरेको भेटे मलाई यो निकै बाठो कार्य लाग्यो। नोरी स्वास्थ्यको दृस्टीकोणले पनि निकै फाइदामुलक रहेको थाहा पाए। अहिले मलाई नोरी निकै मन पर्छ। रामेनमा पन नोरी हालिएको हुन्छ। त्यति मात्र नभएर नोरी मात्रै स्न्याकको रुपमा पनि खाने गरेको छु। नोरी फ्लेभरको अरु स्न्याक पनि मेरो मनपसंद बनेको छ।

    तोफु

    मैले काठमान्डूमा तोफु बेचेको देखेको थिए तर ओफ़्सोस खाने मौका पाएको भने थिन। पहिलो चोटी खाने मौका यहि जापानमा पाएको थिए। नढाटि भन्नु पर्दा मलाई यो निकै बेस्वादे खाने कुरा लाग्यो। खल्लो न खल्लो खोइ कस्तो कस्तो। तर मैले खाएको तरिका गलत भएको रहेछ। केहि पाक्दै गरेको तातो तातो तोफु म्तेतिकै खादा मिठो हुने भएपनि हामीले पसलमा किनेर खाने तोफु भने अरु तरिकाले खादा मिठो हुने रहेछ। तोफु माथि अदुवाको पेस्ट, प्याज, र सोया सस हालेर खाइने हियायाक्को निकै मिठो हुन्छ। त्यस्तै तारेर खाइने आगेताते तोफु नि मेरो फेभरेट हो।

    नात्तो

    जापानीहरुको ठूलो भटमास संगको प्रेम उनीहरुको खाने कुरा हेरेर थाहा पाइन्छ। यहाँ भटमासलाइ फ़र्मेण्ट गरेर धेरै कुरा बनाइन्छ। माथि मैले लेखेको तोफु र मिसो नि फ़र्मेण्ट गरिएको भटमास हो। नाटो पनि फ़र्मेण्ट गरिएको भटमास हो। तर नात्तो देखि सबै बिदेशी वा केहि जापानी सुरुमा तर्सिनु को कारण यसको गन्ध हो। यो निकै गनाउछ र यसको तेक्स्चार पनि चिप चिपे, र्याले हुन्छ। धेरै बिदेशीले यो खाने हिम्मत सम्म गर्दैनन्। मलाई पनि सुरुमा यसको गन्ध मात्रले पनि उल्टी आउला जस्तो भएको थियो। तर अहिले मलाई यो निकै मन पर्छ। म धेरै जसो नात्तो र काचो अण्डा मिसाएर तातो भात माथि हालेर खान मन पराउछु। त्यो माथि थोरै सोया सस र खाचुओबुशी राखेर खादा यो निकै स्वादिलो हुन्छ। यसलाई तामागो खाके गोहान पनि भनिन्छ। नात्तो प्रयोग गरिने अर्को मिठो खाने कुरा नात्तोले भरिएको ओनिगिरि हो। यो निकै आडिलो खाने कुरा भएकोले म बिहान काम जानु अघि यो कम्बिनिमा किनेर खान्छु।

    जापान आएर खान थाले पछि मलाई मन पर्न थालेका अन्य थुप्रै खाने कुरा हरु छन्। मैले यहाँ आएर खानाको बिषयमा सिकेको एउटा कुरा भनेको कुनै कुरा पनि सहि तरिकाले खाईयो भने निकै मिठो हुन्छ। म हजुरहरुलाई पनि यी खाने कुराहरु खानु भएको छैन भने खाने सल्लाह दिन्छु।