जापानमा महिलाहरु जापानी रक्सि बनाउन महारथ हाशिल गर्दै

  • CULTURE
  • Society
  • रक्सी पुरुषहरुको पेय पदार्थ हो भनेर अहिले पनि यता कता सुनिन्छ। तर महिलाहरुले अहिले यो भनाईलाई बदल्न थालेका छन्।

    by Zoria Petkoska

    विस्वा स्वास्थ्य संगठनको तथ्यांकले जापानी पुरुषहरु जापानी महिला भन्दा धेरै रक्सी पिउने देखाउछ। तर यसको अर्थ यो हैन कि जापानमा महिलाहरु रक्सी कम पिउछन। रक्सी सेवन गर्ने कामलाई एका तिर राखेर अब कुरा गरौ रक्सी बनाउने कलाको। रक्सी बनाउने सस्कृति परापुर्ब कालमा महिलाबाट चलि आएको भएता पनि, बिस्तारै यो कला पुरुषहरुले आफुले मात्र गर्न मिल्ने शिप बनाएर बिकाश गरेको देखिन्छ।

    जापानमा रक्सी पार्ने चलन

    रक्सी ब्रु गर्ने कामलाई पुरुषहरुले गर्न थालेको केहि सय वर्ष अगि बाट मात्र हो। तर यदि हामि हाम्रो लामो ईतीहास हेर्ने हो भने महिला हरुले ७००० इसाई पूर्व देखिनै रक्सी बनाउन थालेका थिए। यी घटना आर्किओलोजिस्ट र एन्थ्रोपोलोजिस्टहरुले पनि प्रमाडित गरेका छन्। रक्सी पार्ने कुरा अन्य खाना बनाउने भान्साको कुरा वा खेति पाटि संग संगै हुने भएर पनि यसो भएको हो। पहिले देखिनै पुरुषहरु शिकार गर्ने र महिलाहरु ग्यादर(जम्मा) गर्ने भएको देखिन्छ। त्यसैले पनि महिलाहरुमा खाना पकाउने र रक्सी ब्रु गर्ने कला आएको हो

    जापानमा आइनु समुदायको रक्सी र रक्सी पार्ने बिधिको देबी रहेको बताइन्छ। यस्ता देबी अन्य समुदायमा पनि रहेको मानिन्छ। शिन्तो श्राइनमा महिलाहरुले मुखले चामल चबाएर रक्सी बनाउने एक किसिमको चाड जस्तै हुने गर्दथ्यो।। यसलाई कुचीखामीजाके भनिन्छ। अन्य धर्ममा पनि पारम्पारिक रुपमा महिलाहरुले रक्सी बनाउने देखिदै आइएको पाइन्छ।

    १९ औ शताब्दि को अन्त्य संगै महिलाहरु बिस्तारि रक्सी बनाउने कला बाट बिस्थापित भएको पाइन्छ। तर ६०’को दशकमा केहि महिलाहरु यो पेशामा फिर्ता आएका थिए। त्यहि देखि रक्सी बनाउने महिलाहरुको संख्या बिस्तारि बढ्दै आएको हो। अहिले जापानमा २० जना साके बनाउने महिला छन्। जापानीमा साके बनाउनेलाई तोजी भनिन्छ। यो संख्या धेरै नभएता पनि बिस्तारै थपिदै जानेछ।

    जापानमा रक्सी बनाउने महिला र उनीहरुको कुराजो प्रोजेक्ट।

    २०१८मा जापान भरका १२ साके मास्टरहरु यस उद्दोगमा महिलालाई गरिने विभेद देखेर आजित भई एउटा टिम बनाए। उनीहरुके बर्षौ देखि अनेकौ घराना र बिजनेसको लागि निकै उत्कृष्ठ साके बनाउने गरेका छन्। रक्सी खुलेआम नबनाइने र एउटा फ्याक्ट्रीको बन्द कोठामा बनाइने चिज हुनाले, पसलमा बेचिन राखिएको साके कसले बनाएको हो भनेर ग्राहकहरुले थाहा पाउदैनन। यहि एउटा कारण पनि हो कि धेरैले महिलाहरेले बनाएको साके खाईरहेता पनि उनीहरुको सोचमा भने यो कुनै पुरुषले बनाएको रहन्छ।

    १२ महिला साके मास्टरले यो कुराजो प्रोजेक्ट क्राउड फ़नडिङ्ग गर्ने लक्षले सुरु गरे। उनीहरुले १२ लाख पैसा उठाउने लक्ष बोकेका थिए। तर त्यो सजिलै संकलन भयो। यो क्याम्पेनमा मानिसहरुले साके प्रि-अर्डर गरेर पैसा दिन सक्ने थिए। त्यसैगरी माचुओ ताइश्या श्राइन क्योटोमा हुने साके पार्टिमा सामेल भएर पनि यसमा पैसा दिन सक्दथे। यो श्राइनलाई साकेहरुको भग्वाग बस्ने ठाउ मानिन्छ।

    यो क्याम्पेनमना सहभागिता जनाएका १२ ब्रुअरीहरु तल दिएइको छ

    वातानाबे शुजो (गिफु), योशिदा शुजो(फ़ुकुइ), हासेगावा शुजो(नीगाता), किन्गीन्का शुजो(आईचि), आसाही शुजो(शिमाने), मुकाइ शुजो(क्योटो), नादागीकु शुजो(ह्योगो), मोरिकी शुजो(मीए), ताबाता शुजो(वाकायामा), सातोउ शुजोतेन(साईतामा) र हिराई शुजो (शिगा)।

    २०१८ को यो ईभेण्टको थप जानकारी यहाँ (अंग्रेजीमा)
    https://jpninfo.com/105501

    केहि साके बनाउने ब्रुअरी

    महिला साके मास्टरहरुले यो पेशामा निकै कठिन भएको बताउछन। अझ महिला भएकोले गर्दा मात्रै काम गर्ने मान्छेले भनेको नमान्ने र मनलाग्दी गर्ने गरेको बताउछन। ग्राहकहरु पनि महिलाले बनाउने रक्सी भन्ने बित्तिकै किन्न अलि हिच किचाएको पाइन्छ। तर बिस्तारै मानिसमा परिवर्तन भने आइरहेको छ। यी महिलाहरुले २० जना जति मिलेर महिला साके संगठन पनि बनाएका छन्।

    यमी माचिदा

    यमी माचिदा एक साके मास्टर हुन् र उनीले १३० वर्ष पुरानो माचिदा ब्रुअरी चलाएर बसेकी छिन। उनी गुन्माकै पहिलो महिला साके मास्टर हुन् जो यो पेशामा दोहोराएर आएकी हुन्। उनीले साके ब्रुको लागि धेरै पुरष्कार पनि पाएकी छिन।

     

    View this post on Instagram

     

    A post shared by ?¬タフ?¬タフ?￰゚ヌᆵ‌? (@seiji1121.jp) on

    मिहो इमादा

    इमादा ब्रुअरी चलाउने यी महिला आफ्नो हिरोशिमा स्टाईलको साके बनाउन माहिर छिन। यो साकेलाई जुनमाई भनिन्छ जुन अलि लाइट र फ्रुटी हुन्छ। यो ब्रु गर्ने तरिका निकै लामो समय लाग्ने र परिश्रम गर्नु पर्ने हुन्छ। ईमादा एक प्रोफेसनल तोजी हुन्।

    रुमिको मोरिकी

    रुमिको मोरिकी एक फ़र्मेण्टेसन स्पेसलिस्ट हुन्। उनी मिए प्रान्तमा आफ्नो ब्रुअरी चलाउछिन। उनको पति एक माईक्रोबायोलोजिस्ट भएको हुनाले उनीहरु दुवै मिलेर आफ्नो दक्षता मिसाएर साके बनाउछन। उनीहरु धेरै जस्सो जुन्माई साके बनाउछन त्यो पनि कम मात्र पाइने इस्टको प्रयोग गरेर।


    जापानमा साके जस्तै अन्य देशमा पनि महिलाहरुले वाइन र क्राफ्ट बियर बनाउन थालेका छन। आशा गरौ यसरी नै उनीहरुको बिजनेस र सोसल स्ट्याटस बढ्दै जानेछ।

    *Featured Image from AC photo
    : AC photo/