जापानको तिन प्रकारको स्वादिलो दान्गो

  • FOOD
  • Nationwide
  • जब मैले एकदिन क्ल्याण्ड नाम गरेको आनिमे हेरे, मैले एउटा निकै मिठो गीत सुने। यो गितको बोल “दान्गो दाइकाजोकु”। यसको अर्थ दान्गोको परिवार हो। यो गित चाताले गाएका हुन्।

    मलाई यो गित पनि अनि दान्गो पनि निकै मनपर्छ। र मा जस्तै जापानमा यो चिप्चिपे मिठाई मन पराउने थुप्रै छन्।

    दान्गो मोची जस्तै चामलको पिठो बाट बनाइने एक प्रकारको मिठाइ हो। दान्गोको आकार गोलो हुन्छ। यो हेर्दा चाईनिज दम्प्लिंग जस्तै देखिन्छ। तर यो चबाउने तेक्स्चर भएको एक प्रकारको मिठाई हो। दान्गोको धेरै भेराईटि हुन्छ। आज मा हजुरलाई केहि प्रकारको बिषयमा बताउछु।

    १. आन्को दान्गो


    आन्कोभनेको चिनी मिसाएर बनाइएको रेड बिन पेस्ट हो। यो जापानको थुप्रै मिठाइमा प्रयोग गरिन्छ। जापानी मात्र नभएर यो चिनिया र कोरियन मिठाईमा पनि प्रयोग गरिएको पाइन्छ। दान्गोको माथि यो आन्को दलेर खान निकै मिठो मानिन्छ।

    २. मिताराशी दान्गो

    यो दान्गो मसिनो सिन्कामा उनिएको हुन्छ। एउटा सिन्कामा ३ देखि ५ वोटा दान्गो सम्म हुन्छ। यो गुलियो बनाइएको सोया सासमा दुबाईएको हुन्छ। यसमा क्यारामेल र हल्का डढेको मिठास आउदछ। यहि स्वादले नै यो मिठाई निकै लोकप्रिय छ।

    ३. तिन रंगको दान्गो

    Sanshoku Dango

    सिन्कामा उनिएको क्युट र रंगी चंगी दान्गो हेर्नपनि निकै मजेदार हुन्छ। यो दाङ्ग कुनै बिसेष अवसरको बेला पाईन्छ। यो तिन-रंगी दान्गो पनि दुइ प्रकारको हुन्छ र मानिसहरु यसमा निकै झुकिन्छ। पहिलो बोच्चान दान्गो हो। यसमा हरियो, पहेलो र खैरो रंगको दान्गो सिन्कामा उनिएको हुन्छ। अर्को चाही सान्शोकु दान्गो हो। यसमा पिङ्क, हरियो र सेतो रंगको दान्गो सिन्कामा उनिएको हुन्छ। माथि देखाइएको दान्गो सान्शोकु दान्गो हो।

    सान्शोकु दान्गो हानामी(साकुरा फुल हेर्ने पर्ब)को निकै लोकप्रिय खानेकुरा हो। जापानमा यसलाई लिएर उखान नै छ, “हाना योरी दान्गो”। यसको अर्थ साकुरा फुल हेर्दै दान्गो हो। साथिभाई, घर परिवार, वा प्रेम जोडी साकुरा फुल हेर्दै दान्गो खान निकै रमाइलो मानिन्छ।

    दान्गो कसरि लिने

    दान्गो यहाँ पाइन्छ:
    १) जापानी ओमाचुरीमा यो एक विशेष खाना नै बनेको छ। त्यसैले ओमाचुरी भएको ठाउमा यो सजिलै पाइन्छ।
    २) साकुरा हेर्ने सिजनमा: यो बेला माथि भनिए झैँ तिन रंगको दान्गो बाटोमा बेच्न राखिएको हुन्छ।
    ३) दान्गो कम्बिनी वा सुपाहरुमा पनि बेच्न राखिएको छ।
    ४) यदि हजुर संग समय छैन भने हजुरले यो शिन्जुकुमा रहेको दान्गोको स्पेसल पसलमा किन्न सक्नु हुनेछ। यस्ता पसलहरु टोकियोमा थुप्रै ठाउमा छन्। शिन्जुकुमा रहेको यो पसलको नाम ओइवाके दान्गो होंपो हो। यहाँ धेरै फ्लेभर र प्रकारको दान्गो पाइन्छ। यो पसल बिहान १० बजे देखि बेलुका ८:३० सम्म खुल्दछ। यो पसल जानको लागि म्याप र वेबसाइट तल दिईएको छ।

    ओइवाके दान्गो होंपोको वेबसाइट ※जापानीमा मात्र

    जाने बाटो