पाच निकै मिठो जापानी नुडलको प्रकार

  • FOOD
  • Nationwide
  • जापानलगायत धेरै संस्कृतिहरूमा नूडल्स मुख्य खाद्य वस्तुहरू मध्ये एक हुन्। धेरै जापानी पकवानहरूमा रामेन र उदोनमा मुख्य तत्त्वका रूपमा नूडल्सको प्रयोग गर्दछन्, विभिन्न प्रकारका ब्रोथमा डुबाइन्छ र मासु र सब्जीका साथ खाने गरिन्छ। साना पसल, रेस्टुरेन्ट र विक्रेताहरू चाडहरूको समयमा सबै प्रकारका नुडल्सले भरिएका हुन्छन्। त्यसो भए जापानमा केहि प्रख्यात र स्वादिलो चाउचाउ व्यंजनहरू के हुन्?

    १) रामेन

    रामेन (ラ ー メ ン) नुडलको सूप डिश हो जुन मूल रूपमा चीनबाट आएको हो। तर जापान र कोरिया दुबैमा शताब्दीऔ देखि आफ्नै रामेन प्रजातिहरू विकास गरिदै आईएको छ। जापानी रमेन विदेशीहरूको बीचमा मनपर्ने र जापानी द्वारा पनि उत्तिकै मनपराएको हार्दिक पकवान हो। नुडल गहुँबाट बनेको हुन्छ र च्यासु (सुँगुरको पेटको मासुको स्लाईस), मेनमा (बाँसको टुप्पो), नरम उमालेको अण्डा वा केही प्रकारको समुद्री शैवालजस्ता केही टोपिंगहरूसँग कचौरामा सजाइञ्छ। यी प्रसिद्ध टोपिंग्स बाहेक, तपाईं मशरूम, लीक, स्प्रिंग प्याज, कमलको जरा, टोफु र यस्तै अन्य पनि देख्न सक्नुहुनेछ। सोया सॉस वा मिसो अक्सर सूपमा यसलाई अझ बढी स्वादिष्ट बनाउन प्रयोग गरिन्छ, साथसाथै दाशी स्टक र अन्य माछामा आधारित स्टक थप्न सकिन्छ । जापानमा रामेन डिशका धेरै प्रकार छन्, प्राय: प्रत्येक क्षेत्रको आफ्नै रामेन बनाउने शैली हुन्छ।

    केहि प्रमुख प्रकार निम्न छन्:

    • सोयु (醤 油, सोया सस): यो ब्राउन चिकन ब्रोथ र सोया सॉसको साथ बनाईन्छ। यस रामेनमा प्राय मासुलाई टोपिंगको रूपमा प्रयोग गरिन्छ, जस्तै पोर्क, गाईको मासु वा माछा। यो टोकियो र क्यान्टोमा धेरै लोकप्रिय छ, र हल्का खालको रामेन मानिन्छ।
    • मिसो (味噌, सोयाबीन पेस्ट): यो सूप सोयाबीन पेस्ट र कुखुरा वा माछाको ब्रोथको स्वादको साथ तपाईंको शरीरलाई तताउने उद्देश्यले बनाइएको छ। यो रामेन होक्काइडोबाट आएको हो। यो चिसो मौसमको लागि उपयुक्त छ, किनकि यो बाक्लो र अधिक भारी हुन्छ। होक्काइडो रामेनमा अक्सर बटर पनि देखा पर्न सक्छ र मिसो रामेन होक्काइडोमा पक्कै पनि फेला पार्न सकिन्छ।
    • शियो (塩, साल्ट): यो रामेनको बिसेषता क्लिअर ब्रोथको साथ हल्का सूप हो। सामान्यतया यसले धेरै नुनको साथ कुखुराको ब्रोथ प्रयोग गर्दछ। मासु सामान्य रूपमा टपिंगको रूपमा थपिन्छ, जस्तै सुँगुर, बिफ मासु, र नारुतोमाकी माछाको केक।
    • तोंन्कोचु (豚 骨, पोर्क हड्डी): यो क्युशुबाट उत्पन्न भयो। यो बाक्लो हुन्छ र सुँगुरको हड्डीले बनेको हुन्छ जुन नरम नभएसम्म उमालिन्छ। यो विशेष गरी मासु प्रेमीहरूले मन पराउने ब्रोथ हो।
    • यी सबै रामेन स्वादहरू कहिलेकाँही मिलाउन सकिन्छ, नयाँ रामेन प्रयोगात्मक डिशसँग निरन्तर देखा पर्दछ। तपाईं कालो स्क्विड रामेन, नीलो कुखुराको रामेन, आरु रामेन, युजु साइट्रस रामेन, र धेरै नयाँ स्वादिष्ट शाकाहारी भेगन रामेनहरू भेट्टाउन सक्नुहुन्छ।

    • चुकेमेन: यो ब्रोथमा नराखिएको रामेन हो। यसमा तातो ब्रोथ छुट्टै राखिएको हुन्छ। त्यहि तातो ब्रोथमा रामेन चोबेर खाने गरिन्छ।
    • आबुरा सोबा: यो ड्राई रामेन हो। नाममा सोबा भएता पनि यो फापर बाट बनेको हुन्न। यसमा नुडललाइ प्यानमा थोरै तेल संग फ्राई गरिन्छ, र यसको नाम पनि त्यसै बाट आएको हो।
    २) उदोन

    उदोन (う ど ん) जापानी नूडल्सको प्रकार हो जुन गहुँको पीठोले बनेको मोटा बनावटको हुन्छ। सामान्यतया, तिनीहरूलाई साधारण डिशमा खाके उदोन भनेर चिनिन्छ। उदोन खाके चुयु संग खाईन्छ। खाके चुयु दाशी सोया सस र मिरिनको मिश्रण हो। केहि टपिंगको रुपमा टेम्पुरा, काटिएको स्कालिओन, समुद्री शैवाल, र उमालेको अण्डा राखिन्छ। प्रत्येक क्षेत्रमा उदोन बनाउने बिभिन्न तरीका छन् – चिसो क्षेत्रहरू जस्तै होक्काइडोले प्राय: सोया सस र बोसोको ब्रोथको प्रयोग गर्दछ। यो शरीरलाई न्यानो राख्नका लागि हो।
    सब भन्दा लोकप्रिय उदोन प्रजातिहरू तलका हुन्:

    • करी उदन, उदोन नूडल्स जापानी करीसँगै खाइन्छ। यो उदोन जाडोका लागि सबैभन्दा उपयुक्त छ, किनकि यो भारी र न्यानो बनाउने हुन्छ।
    • टेम्पुरा उदोन, सामान्यतया तातो ब्रोथ र टेम्पुरा टोपिंगको रूपमा राखेर खाइन्छ।
    ३) सोबा

    सोबा (そ ば) फापरको पिठोबाट बनाइन्छ र स्पेगेटी जत्तिकै बाक्लो हुन्छन्। यो नुडल दुवै चिसो वा तातो सुप संग खान मिल्दछ। रेस्टुरेन्टहरूले तपाईंलाई छनौट गर्न दिन्छ कि तपाईं डिपिंग सस चिसो वा तातो चाहनुहुन्छ। फापर जापानमा बर्षेनी चार चोटी फाल्ने भएकोले सोबा नुडल जता ततै पाइन्छ। सबैभन्दा नरम हुने सोबाको जापानसँग गहिरो सांस्कृतिक सम्बन्ध रहेको छ, किनकि यो नयाँ वर्षमा खाइन्छ र यसलाई ‘तोशिकोशी सोबा’ भनिन्छ, शुभ प्रतीकको रूपमा।
    सोबा जापान को सबै क्षेत्रहरुमा लोकप्रिय छ र सजीलै धेरै साना पसलहरु र रेस्टुरेन्टहरुमा पाउन सकिन्छ। यो सधैं एक विश्वसनीय र सस्तो खानाको विकल्प हो। सोबाको सुक्खा प्याकेट नुडल सुपरमार्केटमा, वा अनलाइन स्टोरहरूमा पनि उपलब्ध हुन्छन्।

    ४)याकिसोबा

    याकिसोबा (焼 き そ ば) नाममा सोबा भएता पनि गहुको पिठोबाट बनेको हुन्छ। यो चीनबाट शुरु भयो र जापानमा लोकप्रिय भयो। याकिसोबा चाउचाउलाई तातो प्यानमा पकाएर मासुका स्लाइसहरू, तरकारीहरू (सामान्यतया सोयाबीन अंकुरित, गोभी, प्याज) मिसाइन्छ र रातो अदुवाले सजाइन्छ। कहिलेकाँही यो पाउडर समुद्री शैवाल र बोनिटो फिश फ्लेक्सको साथ पनि बनाइन्छ। चाउचाउ र भेजीहरू गाढा खैरो याकिसोबा सस (वर्सेस्टर सस वा बार्बिक्यु सस जस्तो देखिन्छ) सँगै मिसाईन्छ जसले यसलाई विशेष स्वाद र रंग दिन्छ। यो नुडल सजिलैसँग कुनै पनि जापानी उत्सव र बाहिरी उत्सवहरूमा फेला पार्न सकिन्छ। यो खानाको स्टलहरूमा ताजा पकाइन्छ। यो प्राय जसो इजाकाया मेनू, स्कूल क्याफेतेरिया, र कन्बिनीको प्रिमेड खानामा पनि देखा पर्दछ।

    ५) सोमेन

    यो नूडल्स पनि गहुको पीठोले बनेको हुन्छ।यी उदोन र सोबा भन्दा निकै पातलो हुन्छन् र स्वादमा हल्का हुन्छन्। सेमेन प्राय: चिसो चुयु ( डिपिङ्ग सस)को साथ खाने गरीन्छ।
    यो एक लोकप्रिय गर्मी मौसममा खाइने पकवान हो। यसले तातो दिनमा जिउ ठण्डा रहन मद्दत गर्दछ। जापानमा सोमेन संग सम्बन्धित एक अनौठो परम्परा छ। “नागाशी सोमन”मा बाँस पाइपको माध्यमबाट पानीमा बगिरहेको केहि नूडल्सहरू चप्स्तिकले समातेर ससमा चोबेर खाइन्छ।