ताजा समाचार: २०२०’को ओलम्पिक सारिएको छ

  • EVENT
  • NEWS
  • Society
  • TRAVEL
  • टोकियो ओलम्पिक २०२०को ग्रिष्ममा नहुने भनेर आधिकारिक घोसणा भैसकेको छ। अहिलेको कोभिड-१९’को स्थितिलाई मध्यनजर राख्दै २०२०’को समर ओलम्पिकलाई २०२१’को ग्रिष्ममा सारिएको हो।

    अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) र प्रधानमन्त्री आबे शिन्जो मंगलबार यो निर्णयमा पुगे। यो निर्णय अहिले पुरा विश्वलाई गाजेको कोभिड-१९’लाई सहि तरिकाले व्यवस्थापन गर्न सकियोस भनेर हो। हुन पनि यो महामारीले विश्व स्वास्थ्य प्रणालीलाई कुजो बनाएको छ। यहाँ धेरै सहरहरु अहिले लक् डाउन गरिएको छ।

    by Martin Danker

    आइओसीका सदस्यहरू र जापानी सरकारको योजना अनुसार ओलम्पिक समयमै हुने विश्वास दिलाउने जापानका सरकारले जनाएको केहि हप्ताको समाचारले पनि ओलम्पिकलाई २०२१मा सारिने ईशारा गरेको थियो। गत सोमबार, मार्च २३मा, जब प्रधानमन्त्री आबे शिन्जोले सार्वजनिक रूपमा ओलम्पिक हालको परिस्थितिमा आयोजित गर्न नसकिने घोषणा गरेका थिए धेरैले ओलम्पिक सारिने भनेर आनुमान लगाए।

    त्यसै हप्ता, क्यानाडा र अष्ट्रेलियाले खेलमा सहभागिता नजनाउने निर्णय गरे। २०२१ सम्म खेल स्थगित नभएसम्म उनीहरू कुनै खेलाडी नपठाउने क्यानाडाली ओलम्पिक समितिले उल्लेख गरेको छ।

    २०२१ मा ओलम्पिक खेलको आयोजना गर्न टोक्योले थप कती पैसा खर्च गर्नु पर्नेछ भन्ने कुरा अस्पष्ट छ। २०२० हुने भनिएर गरिएको लोगो र विज्ञापनहरू बदल्नको लागि पहिलो खर्च सुरु हुनेछ। जसो भएता पनि ओलम्पिक खेललाई २०२१को लागि सारिनु नै टोकियो, खेलाडी, दर्शक र आईओसिको लागि उत्तम नतिजा हो।

    ओलम्पिक रद्द गर्नाले पहिलेनै कमजोर जापानी अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याउने थियो। अब जबकि खेललाई सारेर २०२१मा गरिने भए पछि टोकियोले शहरलाई आर्थिक मज्बुतता लिने अवसर प्रदान गर्ने छ।

    सही ब्यबस्थापन गर्दा ओलम्पिक एउटा वरदान हुनसक्छ। २००८को बेइजिङ्ग ग्रीष्मकालीन ओलम्पिकको समयमा ठीक त्यस्तै भयो जसले चीनलाई विश्वको वास्तविक आर्थिक शक्तिको रूपमा देखा पर्न सहयोग पुर्‍यायो। अर्को सफलताको कहानी टोकियोमा १९६४को ग्रीष्मकालीन ओलम्पिकको समयमा देखा पर्‍यो, जसले जापानको छविलाई पुनः आकार दिन सहयोग पुर्‍यायो। यहि ओलम्पिकले दोस्रो विश्वयुद्ध पछि प्राविधिक रूपमा विकसित देशको रूपमा पुनर्जन्म भएको भनेर जापानलाई विश्व माझ पस्कियो।

    यद्यपि ओलम्पिक श्राप पनि हुनसक्छ। जब मोन्ट्रियलले १९७६मा ओलम्पिक आयोजना गरेको थियो, ७२०%को ज्यादा खर्चले शहरलाई आउने ३० बर्षको लागि ऋणमा डुबायो। २०१६को रियो ओलम्पिकमा पनि ब्राजिलको आर्थिक संकट र जीका भाइरसको प्रकोपको कारण अशान्ति भएको थियो। २०१४को सोची शीतकालीन ओलम्पिक कसले बिर्सिन सक्छ? ५५ अर्ब डलरको कथित रिपोर्ट भएता पनि कुल खर्च ७० अर्बसम्म गएको यो ओलम्पिकको इतिहासको सबैभन्दा महँगो हो। ओलम्पिक पश्चात पनि सोची पुटिनले सोचेको जस्तो पर्यटकिय रिसोर्ट स्थल बन्न सकेन।

    टोक्योले २०२० ओलम्पिक सम्बन्धी धेरै समस्याहरु सामना गरिरहेको थियो, विशेष गरी होटल कोठाको अभाव। अतिरिक्त एक वर्षको समयको साथ, टोकियोले अझ राम्रो समर ओलम्पिक पनि तयार गर्न सक्छ जसले ओलम्पिकको भावना र कोरोनाभाइरस महामारीको आशापूर्ण अन्त मनाउने छ।

    *Featured Image by shotclocktalk(Shot Clock Talk) on Instagram
    : shotclocktalk/