ब्रेकिङ्ग न्युज: जापानले १८ युरोपियन देशबाट बिदेशी नागरिकको आगमनमा रोक लगाएको छ

  • NEWS
  • TRAVEL
  • जापानले अहिले विश्वलाइ गाजेको कोभिड-१९को माहामारी पछिको सबै भन्दा कडा यात्रा प्रतिबन्धको नियम लागाएको छ।

    जापानले यो तय गरेको छ कि निम्न लिखित देश बाट वा भएर आउने कुनै पनि बिदेशी नागरिकलाई जापानले प्रवेश आज्ञा दिने छैन। यी देशहरु एण्डोरा, अस्ट्रिया, बेल्जिअम, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, इटाली, ईरान, लिकटेनस्टाईन, लक्जेम्बर्ग, माल्टा, मोनाको, नेदरल्याण्ड, नर्वे, स्लोभेनिया, स्पेन, स्विजरल्याण्ड र भ्याटिकन सिटि छन्।

    by Martin Danker

    यो निर्णय लिनु पूर्व जापानले चीन र दक्षिन कोरियाबाट आउने नागरिकलाई भिजा दिन बन्द गरिसकेको थियो। त्यसैगरी चीनको केहि भूभाग भएर आउने अन्य देशका बिदेशी नागरिकलाई पनि जापानमा आगमन निषेध गरिएको थियो। चीनबाट मात्र नभएर दक्षिन कोरिया, ईरान, स्पेन, स्विजन्ल्याण्ड, ईटाली, आईस्ल्याण्ड, सान मारिओ बाट वा भएर आउने बिदेशीहरुलाई पनि निषेध गरिएको थियो।

    जापानले चीनिया र द कोरिया नागरिक माथि लगाएको भिजा सस्पेन्सन अझ अनिश्चीत समयको लागि थप गर्ने निर्णय गरेको छ।

    यो कठोर निर्णय कोरोना भाईरसले निम्त्याएको कोभिड-१९को विश्व माहामारी अझ फैलिदै गएको भएर हो। यो रोगको कारण थुप्रै देशका स्वास्थ्य सेवा प्रणाली काम नलाग्ने गरि बिग्रिएको जनाईएको छ।

    आजको मार्च २६’को मिति सम्ममा विश्व स्वास्थ्य संगठनको डाटा अनुसार यो रोग संक्रमण विश्वमा ४७०,००० मानिसमा पाईएको छ जसमा २१,२०० जनाको यहि रोगको कारण मृत्यु भएको पाईएको छ।

    तथ्याङ्क हेर्ने हो भने ईटाली सबै भन्दा ग्रषित देश देखिन्छ। यहाँ मृत्यु हुनेको संख्या ६००० नाघेको छ, जुन यो रोगकोको केन्द्र बिन्दु मानिएको चीन भन्दा दुइ गुणाले बढि हो। स्पेन, र फ्रान्समा पनि मृत्यु हुनेको संख्या क्रमश २६०० र ११०० नाघेको छ भने यो रोग संक्रमण भएको मानिसको संख्या क्रमश ३९००० र २०००० नाघेको छ।

    त्यसैगरी अर्को देश संयुक्त रास्ट्र संघ अमेरिकामा यो रोगको संक्रमणको संख्यामा अत्याधिक बृधि आएको देखिन्छ। अहिले अमेरिकामा यो रोग संक्रमण भएका मानिसको संख्या ६८५०० नाघेको छ भने यो रोग बाट मृत्यु हुनेको संख्या १००० नाघेको छ। अमेरिकामा यो रोगले बढी ग्रषित बनाएको सहर न्यु योर्क हो। यहाँ यो रोग संक्रमणको संख्या २०००० नाघेको छ।

    कोभिद-१९ सम्बन्धित घटनाहरूको ठूलो संख्याले अस्पतालहरूमा अराजकता ल्याएको छ। इटालीमा डाक्टर र नर्सहरूले सबै बिरामीहरूको उपचार गर्न पर्याप्त अस्पताल बेड र मानव संसाधन नभएकोले कुन कुन बिरामीहरूको उपचार गर्ने भन्ने छनौट गर्नु परेको समाचार बाहिरा आएको छ।

    महामारीको नतीजाका रूपमा, धेरै शहर र देशहरूले सुरूवातको क्रममा लागू गरिएको चीनको लॉकडाउन र क्वारन्टाइनहरूको मोडल अपनाएका छन् र त्यहि अनुसार घोषणा गरेका छन्। यसो गर्नु पछाडीको एउटा मात्र कारण छ, कोभिड-१९को पिक कर्भलाई सके सम्म समतल बनाउने। मानिसहरु घरमै बसेर बाहिर ननिक्लिदा यो रोगको मास स्प्रिडिङ्ग हुने सम्भावना निकै कम हुन्छ।

    जापानले यो महामारीको नियन्त्रणका लागि चाहिने जिम्मेवारी नलिएको यहाँ बस्ने नागरिकबाट सुनिन थालिएको छ। ’cause यो देशले पर्याप्त परीक्षणहरू गरिरहेको छैन र यसरी पुष्टि भएका घटनाहरूको वास्तविक संख्या रहस्य नै रहन सक्छ। धेरै आलोचकहरू विश्वास गर्छन् कि जापानको ढिलो प्रतिक्रिया, र हेल चेक्र्याई देशको अर्थतन्त्र अपांग हुने डरसँग जोडिएको छ। यद्यपि, अन्य देशहरूको तुलनामा जापानमा कोभिड-१९ले मृत्यु हुने संख्या एकदम न्युन छ। संख्यामा भन्नु पर्दा अहिले सम्म जापानमा कोभिड-१९ संक्रमण भएका ११५२ मानिस रहेका छन् भने ४३ जनाको यहि रोगले मृत्यु भएको छ।

    *Featured Image by narita.airport_official(【公式】成田国際空港) on Instagram
    : narita.airport_official/