एक्सप्लोर जापान : आकिता संस्कृति, गेइश्या र खाना

  • AKITA
  • EVENT
  • TRAVEL
  • जापान देश आफैमा एक टापू हो। यहाँ पानीजहाज र डुंगा प्रयोग गरि अनेक ठाउँ घुम्न सकिन्छ। जापानको ४७ प्रेफेक्चर मध्यको एक “आकिता” जपानको उत्तर पूर्वी भूभागमा पर्दछ।आकितामा तिनवटा बन्दरगाह छन् : आकिता पोर्ट, फुनाकावा पोर्ट र नोशिरो पोर्ट जहाँ अप्रिल देखि नोबेम्बरको सम्म क्रुज यात्रामा जना सकिन्छ।आकिताले जापानको अदभुत संकृति र परम्परा बोकेको छ।यहाँ तोहोकु भूभागमा हुने तिन ठूलो माचुरी (फेस्टिबल) मध्यको “आकिता कान्तो माचुरी” हुन्छ, जुन जापानी रक्सि (साके) र खानाको अनगिन्ति परिकारले भरिपुर्ण हुन्छ|


    आकिता, चाड र खानाको लागि मात्र नभएर बिश्व प्रख्यात आकिता इनु (कुकुर) को लागि पनि पपुलर छ। त्यति मात्र होइन आकिताका जापानी महिलाहरुलाई जापानकै सुन्दर मानिन्छ। त्यसैले जापानमा सुन्दर महिलालाई “आकिता ब्युटी” भनेर पनि जिस्काइनछ।

    द अकिता पोर्ट क्रुज ट्रेन


    आकिता पोर्टबाट क्रुज सिपको यात्रा हुदै आउनेहरुले आकिता पोर्ट क्रुज ट्रेन एकचोटी चढ्दा राम्रो हुन्छ। त्यो ट्रेनबाट आकिताको देखिने भ्यु र मनोरमता, यात्रीहरुको जिबनकै बिर्सन नसकिने क्षण बन्नेछ। यो ट्रेन आकिता पोर्ट स्टेसन बाट आकिता एकि (स्टेसन) सम्म लाग्दछ। आकिता पोर्टबाट ट्रेन स्टेसन पुग्न १५ मिनेटको हिडाईमा छ। हिड्न नचाहनेहरुको लागि बस सेवापनि उपलब्ध छ। त्यो ट्रेन स्टेशनबाट आकिता स्टेसन (जुन आकिताको सहरि भागमा छ) पुग्न २०० येन लाग्दछ।

    ट्रेन शुल्कको थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस।

    आकिता सहर

    आकिता स्टेसनबाट पर्यटकीय स्थल पुग्न बुलेट ट्रेन (सिङ्खान्सेन) पाइन्छन।पर्यटकीय स्थलमा काकुनोदाते र ताजावा ताल पर्छन।आकिता स्टेसनबाट हिडेरपनि लोभलाग्द स्थलमा पुग्न सकिन्छ।सेन्शु पार्क र कुबोता क्यासल स्टेसन नजिकनै छन्।कुबोता क्यासल मा एदो युगका राजाले राज गर्दथे।

    मनोरम दृश्यको मजालिदै एउटा रमाइलो ठाउँमा बिश्राम लिनुहोस्| त्यो ठाउँको नाम माचुशिता सार्यो क्याफे र मचुसिता शुबोउ बार हो।त्यो बारमा बसेर हजुरले आकिताकै लोकप्रिय साके (रक्सि)को स्वाद देबदार (केदार)को बास्ना संग लिन सक्नु हुन्छ|

    प्रत्यक शनिबार, आकिता डान्स थिएटरमा माइकोहरुको नृत्य हुन्छ।येही थिएटरमा हजुरले आकिता ब्युटीको लोभलाग्दो प्रस्तुति हुन्छ| यो थिएटरमा ओसादोउ (टी सेरेमोनी) , ओजाशिकि आसोबि (माइको संग गफ र नृत्य), आकिता को लोकल खाना, लोकल बिअर र लोकल रक्सिको मजा लिन सकिन्छ।ब्यस्त हुने भएकोले अगाडीनै बुकिङ्ग गर्दा राम्रो हुन्छ।
    आकिता म्युजिअम अफ आर्ट भन्ने ठाउँ जना नबिर्सिनुहोला।त्यहाँ हजुर ले आकिताको संस्कृति, परम्परा, रितिरिवाजको अनुभब बटुल्न सक्नुहुनेछ।

    आकिता माइको थिएटरको वेबसाइट *(जापानीजमा मात्र)

    कोसेली चाही आकिता स्टेसनमा

    Picture of the Namahage Festival

    घर फर्किदा आकिता स्टेसन संग जोडिएको एउटा ठूलो “टोपीको” नाम भएको बिल्डिंग छ।त्यहाँको पसलमा आकिताको सबै कोसेलीहरु पाइन्छ।दिल खोलेर सपिङ्ग गर्नुहोस, घुम्न गएको ठाउँ बाट कोसेली लिएर जानु पर्ने जापानको संस्कृति हो।तेस्रो तल्लामा येही मार्चमा रिओपन गरिएको रेस्टुराण्ट पनि छ।

    यदि हजुरको आकितामा बसाई केहि दिन लामो छ भने अरु थुप्रै हेर्न र घुम्न लायक ठाउँ हरुछन्। युनेस्कोले विश्व संपदा सुचिमा राखेको सी कोस्ट शिराकामी-सांचीले मन्त्रमुग्ध बनाउछ।ताजावा तालको दृश्य होस् वा तोवादा ठाउँको समुराइहरुको इतिहास झल्काउने वातावरण, आकिता जापानको लुकेको मणी हो।